नियम १३७
समान सुविधा उपलब्ध हुने
: (१) सम्वत् २०५२ साल फाल्गुण १ गते पछि कुनै प्रहरी कर्मचारी नियम
१३४ को उपनियम (४) वा नियम १३५ को उपनियम (२) बमोजिमको अवस्था परी अशक्त भएको वा मृत्यु भएको भए त्यस्तो प्रहरी कर्मचारी वा निजको परिवारले नियम १३२, १३३, १३४, १३५ र १३६ मा उल्लिखित सुविधा सोही नियमहरुमा उल्लेख भए बमोजिम दोहोरो नहुने गरी समान रुपमा पाउनेछन् ।
(२) उपनियम (१) बमोजिम सुविधा उपलब्ध गराउँदा अघि प्राप्त गरेको सुविधा बापतको रकम कट्टा गरी बाँकी रकम मात्र दिनु पर्नेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै प्रहरी कर्मचारीको परिवारलाई नियम १३३ वा १३४ वा १३५ बमोजिम प्राप्त हुने पारिवारिक निवृत्तिभरण मध्ये कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेछ ।